
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री बालेन शाहलाई उपहार दिएका छन् । सोमबार नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा भएको भेटवार्ताका क्रममा मोदीले बालेनलाई गंगाजलसहितको घडा उपहार दिएका हुन् ।
उनीहरूबीच उपहार साटासाट भएको थियो । सो क्रममा बालेनले मोदीलाई पशुपतिनाथको चन्दन, रुद्राक्ष र शालिग्रामसहितको सेट उपहार दिएका थिए । दुई दिने राजकीय भ्रमणमा आइतबार नयाँ दिल्ल्ी पुगेका बालेन आजै काठमाडौं फर्किने कार्यतालिका छ ।


















