Logo
Logo

बालेन र मोदीबीच ‘वन टू वन’ भेटवार्ता सकियो


0
Shares

काठमाडौं । प्रधानमन्त्री बालेन शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच ‘वन टू वन’ भेटवार्ता सकिएको छ ।

सोमबार नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा भएको भेटवार्ता सकिएलगत्तै दुवै प्रधानमन्त्री नेपाल–भारत प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय बैठकमा सहभागी भएका छन् । बैठकपछि नेपाल र भारतबीच आधा दर्जनभन्दा बढी समझदारी (एमओयू) तथा सम्झौतापत्रमा हस्ताक्षर हुने कार्यक्रम छ ।

सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएपछि प्रधानमन्त्री बालेन र भारतीय समकक्षी मोदी संयुक्त पत्रकार सम्मेलनमा सहभागी हुनेछन । उनीहरुले मिडियालाई भ्रमण र यसका उपलब्धिका बारेमा ब्रिफिङ गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000