Logo
Logo

देउवा पक्षको लुम्बिनी प्रदेश सभापतिमा रोज राणा निर्विरोध


0
Shares

काठमाडौं । नेपाली कांग्रेस शेरबहादुर देउवा पक्षको लुम्बिनी प्रदेश सभापतिमा प्युठानका सरोज थापा (रोज राणा) निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन समितिद्वारा जारी विज्ञप्तिअनुसार सोमबार दाङको भालुबाङमा भएको दोस्रो प्रदेश अधिवेशनबाट थापा अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । 

The current image has no alternative text. The file name is: rojrana.jpg

गत प्रदेशसभाको निर्वाचनमा उनी प्युठान (ख) बाट निर्वाचित सांसद हुन् । उनी दुईपटक लुम्बिनी प्रदेशको मन्त्रीसमेत बनिसकेका छन् । यस्तै अधिवेशनले लुम्बिनी प्रदेश कार्यसमितिमा पाल्पाका माधवप्रसाद नेपाल, कपिलवस्तुका डोलकराम घिमिरे र बाँकेकी माया पुनलाई उपसभापतिमा निर्वाचित गरेको छ । 

त्यस्तै महामन्त्रीमा रोल्पाका दुर्गाबहादुर खड्का, दाङका बमबहादुर डीसी र बर्दियाका गोविन्दप्रसाद थारु सर्वसम्मत चयन भएको जनाइएको छ । 

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000