Logo
Logo

आजको मुख्य खबरः मन्त्रिपरिषद्को मर्यादाक्रम फेरियो, बालेनको भारत भ्रमणमाथि प्रचण्ड र ओलीको प्रश्न (भिडियो)


0
Shares

काठमाडौं । आजका मुख्य समाचारमा सरकारका निर्णयदेखि राजनीतिक आरोप–प्रत्यारोप, विकास आयोजनाको अन्योलदेखि सर्वसाधारणका समस्यासम्मका विषय समेटिएका छन् । मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर भएको छ भने संसद्को हिउँदे अधिवेशन बोलाउने तयारी पनि अघि बढेको छ । उता, प्रधानमन्त्री बालेनको भारत भ्रमणलाई लिएर राजनीतिक वृत्तमा बहस चर्किएको छ । सुकुम्वासी व्यवस्थापन, फोहोरमैला व्यवस्थापन र लगानीको वातावरण सुधार्ने सरकारी योजनाले पनि चर्चा पाएका छन् । यससँगै अर्थतन्त्र, पूर्वाधार, खेलकुद र अन्तर्राष्ट्रिय घटनाक्रमका महत्त्वपूर्ण समाचार लिएर आएका छौँ । अब हेरौँ, आजका मुख्य समाचार ।

१. राष्ट्रपति पौडेलबाट मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर, स्वर्णिम वाग्ले दोस्रो वरीयतामा कायमै, कानुनमन्त्री सोविता गौतम सातौँ स्थानबाट तेस्रोमा उक्लिँदा परराष्ट्रमन्त्री, ऊर्जामन्त्री, गृहमन्त्री र पूर्वाधार विकासमन्त्री मर्यादाक्रममा तल ।

२. कोशी प्रदेश प्रमुखको पद रिक्त भएपछि मधेस प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णलाई थप जिम्मेवारी, नयाँ प्रदेश प्रमुख नियुक्त नभएसम्म कोशी प्रदेशको जिम्मेवारी ताकियो ।

३. संसद्को हिउँदे अधिवेशन मंसिर अन्तिम सातादेखि बोलाउने तयारी, संघीय संसद्का दुवै सदनमा ३६ विधेयक र प्रतिनिधिसभाका मात्रै २४ विधेयक अड्किएको सभामुखले गराए जानकारी ।

४. स्थानीय तह निर्वाचनको तयारीस्वरूप देशभरका मतदान स्थल पुनरावलोकन गरिने, आवश्यक सहयोग र सहजीकरण गर्न निर्वाचन आयोगद्वारा सबै स्थानीय तहलाई पत्राचार ।

५. सिसडोलबाट दैनिक ३ हजार किलो फोहोर हटाउनेगरी काम भइरहेको ऊर्जामन्त्री विराजभक्त श्रेष्ठको भनाइ, काठमाडौंको फोहोरबाट १४ किलोवाट विद्युत् निकाल्ने लक्ष्य ।

६. नेपालमा लगानीको वातावरण सुधार्न उद्योगमन्त्री दिपककुमार साहको ९० दिने कार्ययोजना, लगानी आकर्षित गर्न नीतिगत स्थिरता र प्रशासनिक सुधारमा सरकारको जोड ।

७. प्रधानमन्त्री बालेनकोे भारत भ्रमण सामान्य र नियमित रहेको प्रचण्डको भनाइ, आफ्नो भ्रमणका बेला भएका ठोस पहलको तुलनामा अहिलेको भ्रमण सैद्धान्तिक छलफलभन्दा अगाडि बढ्न नसकेको दाबी ।

८. ग्रेटर नेपालको नक्सा टाँसेर स्टन्ट गर्ने बालेनले भारत भ्रमणमा सीमा विवादसमेत उठाउन नसकेको ओलीको आरोप, राष्ट्रहितका मुद्दामा सरकार चुकेको टिप्पणी ।

९. सुनकोशी–मरिण आयोजना सरकारी हस्तक्षेपको सिकार बनेको कांग्रेस नेता आङ्देम्बेको आरोप, ठेक्का रद्द प्रक्रिया र प्रधानमन्त्री कार्यालयको भूमिकामाथि छानबिन माग ।

१०. आवासको टुङ्गो लगाएपछि मात्र होल्डिङ सेन्टरबाट हटाउन सुकुम्वासीको माग, शुक्रबारसम्म होल्डिङ सेन्टर खाली गर्ने प्रशासनको सूचना फिर्ता लिन दबाब ।

११. दूरसञ्चार तथा इन्टरनेट सेवा प्रदायकहरूलाई सेवा गुणस्तरमा कुनै पनि सम्झौता स्वीकार्य नहुने सञ्चारमन्त्रीको भनाइ, कानुन उल्लङ्घन गर्ने सेवा प्रदायकमाथि कारबाही हुने चेतावनी ।

१२. नेपाल–भारत सहमतिपछि भैरहवा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान विस्तारको आशा, काठमाडौं–भैरहवा–लखनउ हवाई मार्ग दुईतर्फी सञ्चालन गर्ने सहमति ।

१३. काठमाडौँ महानगरले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको आकासे पुल निर्माण गर्ने, पुल चार करोड ७१ लाख बढीमा निर्माण गरिने ।

१४. टेकुस्थित बायो ग्यास प्लान्टको उत्पादन परीक्षण, परीक्षण पश्चात उक्त प्लान्ट सञ्चालनका लागि काठमाडौं महानगरलाई हस्तान्तरण ।

१५. बायोग्यास वितरणको लागि आवश्यक नीतिगत व्यवस्था गर्न सरकारसँग सुनिता डंगोलको माग, वितरण प्रणाली स्पष्ट नभएसम्म महानगरको उद्देश्य अधुरै रहने भनाइ ।

१६. भोटेकोशी बाढीपछि बेपत्ता भएका २१३ भारतीय नागरिकलाई मृत घोषित गर्ने प्रक्रिया सुरु, सूचीमा त्रुटि भए सच्याउन पीडित परिवारलाई २ डिसेम्बरसम्मको समय ।

१७. जनकपुर–अयोध्या रेल सेवा शनिबारदेखि व्यावसायिक रूपमा सञ्चालनमा आउँदै, श्रेणीअनुसार ३६५ देखि १३ सय ६० भारतीय रुपैयाँसम्म भाडा निर्धारण ।

१८. नेपालका उद्योगमा उत्पादन खुम्चिँदै, क्षमताको आधा पनि उपयोग हुन सकेन, राष्ट्र बैंकको वार्षिक अध्ययनमा औसत उपयोग ४८.१३ प्रतिशत मात्रै ।

१९. चेन्नईमा हुने सातौँ साबा च्याम्पियनसिपको पहिलो खेलमै नेपालले भारतसँग प्रतिस्पर्धा गर्ने, डिसेम्बर ५ देखि १० सम्म दक्षिण एसियाका ६ राष्ट्रबीच उपाधिका लागि भिडन्त ।

२०. र, इजिप्टको कायरोमा पेट्रोलियम पदार्थ बोकेको गाडी पल्टिएर आगलागी हुँदा कम्तीमा ३० जनाको मृत्यु, २५ घाइते, घटनामा २७ वटा सवारीसाधन जलेर नष्ट ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000