काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य तोलाको ३३ सयले बढेर तोलाको दुई लाख ४६ हजार १ सयमा कारोबार भइरहेको छ । यसअघि बिहीबार सुन प्रतितोला दुई लाख ४२ हजार ८ सयमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १२० रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला ३१९५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । यसअघि बिहीबार चाँदी ३०७५ रुपैयाँमा कारोबार भएको थियो ।


















