Logo
Logo

थानकोटपछि महाराजगञ्ज वृत्तमा अर्काे काण्ड, सइ थुनामा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २७ पुस ।
काठमाडौंका वृत्तहरुमा घुसखोरी बढेको छ । थानकोट वृत्तका इन्सपेक्टर घुससहित पक्राउ परेलगत्तै महाराजगञ्ज वृत्त अन्र्तगत समेत अनियमितताको छानबिन सुरु भएको छ ।


महानगरीय प्रहरी प्रभाग नयाँबसपार्कमा कार्यरत सइ नवराज इटानीलाई नियन्त्रणमा लिएर छानबिन अघि बढाइएको छ । उनले १० पुसमा ३० तोला सुन लुटिएको घटनामा सुर्खेतका दीपक नेपालीलाई पक्राउ गरेका थिए । उनीमाथि छानबिन नगरी छाडिएको थियो । डिएसपी रोशन खड्काको निर्देशनमा सइले ती व्यक्तिलाई छाडेका थिए । ती व्यक्तिसँग सुन लिएर छाडिएको आशंकामा छानबिन थालिएको छ ।
महानगरीय प्रहरी कार्यालयले एसपी भोला रावलको नेतृत्वमा छानबिन समिति गठन गरेको छ । जसमा अपराध महाशाखाका डिएसपी निशान थापा र काठमाडौं परिसरका प्रमेश बिष्ट सदस्य छन् ।
स्रोतका अनुसार लुटिएको भनिएको सुन पनि तस्करीको हो । त्यही कारण प्रहरीले यसमा चलखेल गरेको हो । सुन लुटिएको भनिएका सुवास कार्की लगायत व्यक्ति समेत फरार छन् ।

प्रतिक्रिया दिनुहोस्