
काठमाडौं, ३, माघ । नेकपा केपी ओली गुटका नेता सुवास नेम्वाङले प्रधानमन्त्री केपी ओलीले बाध्यात्मक अवस्थामा नयाँ जनादेशमा जाने निर्णय गरेको बताएका छन् । शनिबार ओली प्रदेश १ को ओली गुटका अगुवा कार्यकर्ता भेलामा बोल्दै नेता नेम्बाङले यस्तो बताएका हुन् ।
उनले स्थिरताका लागि केपी शर्मा ओलीलाई पाँच वर्षका लागि प्रधानमन्त्रीका रुपमा जिताएर पठाइएको बताउँदै त्यसका लागि प्रधामन्त्री बाध्यता भएको बताउँदै भने, ‘अगाडि बढ्नुको अरु विकल्प नभएपछि संसद विघटन गरी नयाँ जनादेशमा जान निर्वाचन घोषणा गरिएको बाताए । ‘जब कुनै विकल्प देखिँदैन, त्यतिबेला जनतामा जानु नै सबैभन्दा राम्रो उपाय हो’ उनको भनाइ छ ।
स्थिरताका लागि काम गरिरहेको बताउँदै नेम्बाङले भने, ‘समृद्ध नेपाल सुखी नेपालका लागि काम गरिराखेका थियौँ । त्यो दिशामा अग्रसर भइराखेका थियौँ । तर यो किन पाच्य भएन । केपी ओली प्रधानमन्त्री बनिराख्नु भएको थियो । महाधिवेशन गरी युवा पुस्तामा नेतृत्व हस्तान्तर गर्छु भन्नुभएको थियो । नयाँ जनादेशबाट प्रधानमन्त्री पद सुम्पिने भनिराखेका बेला यस्तो किन गरियो ? किन यो ठाउँमा आइपुग्न हामी बाध्य भयौँ ?’
उनले आफूहरुले अध्यक्ष प्रचण्ड र वरिष्ठ नेताहरु कसैलाई पनि कारबाही नगरेको बताए । ‘हामी पार्टी एकताको पक्षमा छौँ । मैले नाम विर्सिए हाम्रो केही साथीहरुले केपी कमरेडलाई कारबाही गरेर आफै अध्यक्ष हुनुभयो रेँ’ उनले भने, ‘हाम्रो महासचिव कमरेड विष्णु पौडेललाई पनि कारबाही गर्नुभएको सुनेँ । यो सबै बुझियो । अध्यक्ष कमरेडलाई निकालेर आफैँ बन्नु भएछ । महासचिवलाई निकालेर आफै बन्नु हुनेहोला । यो के गर्नु खोजेको ?’














