Logo
Logo

ओली गुटको पार्टी मेला होइन, झमेला भइसक्यो : नेता नेपाल


- दृष्टि न्युज/संवाददाता

945
Shares

दाङ, ४ माघ । नेकपा प्रचण्ड–माधव समूहका नेता माधवकुमार नेपालले केपी ओली समूहको पार्टी मेलामात्रै नभएर झमेला भइसकेको बताएका छन् । आफ्नो समूहका कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका नेता नेपालले भने, ‘ओली समूहको केन्द्रीय कमिटीको संख्या आफैँमा झमेला भइसक्यो ।’
नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष समेत रहेका नेपालले ओली गुटको केन्द्रीय सदस्य विस्तारलाई ब्यंग्य गर्दै भने, ‘हिजोआज बालुवाटारतिर मान्छे जानै डराउँछन् । पक्रेर केन्द्रीय सदस्य बनाइदिहाल्छन् ।’
प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओलीले पछिल्लो समय पार्टी विस्तार गर्नेक्रमलाई तिव्रता दिएका छन् । यसप्रति लक्षित गर्दै नेता नेपालले भने, ‘ओलीले केन्द्रीय सदस्य मनोनित गरेकामध्ये दुई सय जनाले अस्वीकार गरिसकेको छ ।’ एक सयको हाराहारीमा रहेकाहरुले १५०१ सदस्यीय केन्द्रीय कमिटी बनाएको र त्यो संख्या पाँच हजार पुग्ने अध्यक्ष नेपालले दावी गरे । उनले भने, ‘केपी ओलीले जे गरेपनि ठीक भयो भन्ने भारदारहरु छन् ।’
उनले पार्टी, आन्दोलन, संविधान, देश केही पनि भन्ने भस्मासुर प्रवृत्ति ओलीमा रहेको बताउँदै भने, ‘प्रतिनिधिसभा विघटन गरेर ओली आफैँ काम चलाउ सरकारको प्रधानमन्त्री बनेको छ । यस्तो प्रधानमन्त्रीले मन्त्रिपरिषद् पुनर्गठनदेखि दीर्घकालीन महत्वको काम गर्न मिल्दैन ।’

प्रतिक्रिया दिनुहोस्