Logo
Logo

जुवाको पैसा एसपीको खल्तीमा ?


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ५ माघ ।
प्रहरी प्रधान कार्यालयले आर्थिक लेनदेनमा संलग्न प्रहरी अधिकृतमाथि कारबाही गर्दै आएपनि अनियमितता रोकिएको छैन । गोरखाका एसपी सुरेन्द्रबहादुर गुरुङले जुवाको पैसा नै लुकाएको खुलेको छ ।


जुवाखालबाट बरामद गरिएको झण्डै एक लाख २० हजार रुपैयाँ लामो समयसम्म राजस्वमा दाखिला नगराएको खुलेको हो । गत कात्तिकमा गोरखाका विभिन्न प्रहरी चौकीले बरामद गरेको रकम एकमुष्ट रूपमा जिल्ला प्रहरी कार्यालयमा पठाएका थिए । इलाका प्रहरी कार्यालय ठाँटीपोखरीले बरामद गरि पठाएको झण्डै ५० हजार र इलाका प्रहरी कार्यालय जौबारीले बरामद गरेको झण्डै ७० हजार रुपैयाँ राजस्वमा जम्मा भएको छैन । यस विषयमा प्रदेश प्रहरी कार्यालयले छानबिन थालेको छ । स्रोतका अनुसार पक्राउ परेकालाई समेत मुद्दा नचलाई छाडिएको छ । यसमा ठूलो आर्थिक चलखेलको आशंका गरिएको छ ।
एसपी गुरुङ राष्ट्रिय अनुसन्धानबाट प्रहरीमा आएका अधिकृत हुन् । यसअघि पनि उनी यस्ता हिनामिनामा मुछिएका थिए ।

प्रतिक्रिया दिनुहोस्