Logo
Logo

काठमाडौंमा डेढ लाख नक्कली नोट बरामद


- दृष्टि न्युज/संवाददाता



२७ माघ, काठमाडौं । काठमाडौंको गोंगबुबाट डेढ लाख नक्कली नोटसहित एक जना पक्राउ परेका छन् ।
महानगरीय प्रहरी प्रभाग, गोंगबुले ओमबहादुर कुँवरलाई १ लाख ५१ हजार रुपैयाँ बराबरको नक्कली नोटसहित पक्राउ गरेको हो ।

प्रभागका प्रमुख प्रहरी निरीक्षक मोहन विक्रम केसीका अनुसार गएराति विशेष सूचनाका आधारमा प्रभागको टोली गोंगबुको गणेथानस्थित ह्याप्पी होम टोलमा पुगेको थियो । त्यहाँ एउटा फ्ल्याटमा छापा मार्दा कुँवरको कोठामा रहेको दराजबाट १४१ वटा हजार दरको नक्कली नोट भेटिएको थियो भने नजिकै रहेको हिक्मत कुँवरको कोठामा डसनामुनि ११ थान नक्कली नोट भेटिएको थियो ।

हिक्मत भने फरार छन् । उनको खोजी भइरहेको प्रहरीले बताएको छ । उनीहरुको साथबाट ५० थान पासपोर्ट पनि बरामद भएको छ ।

प्रतिक्रिया दिनुहोस्