
काठमाडौं, १६ माघ । राष्ट्रियसभाका सदस्य रामनारायण विडारीले प्रतिनिधिसभा विघटनको मुद्दामा फैसला गर्दा अदालतसमक्ष प्रधानमन्त्रीको हुकुम मान्ने कि संविधान हेर्ने भन्ने प्रश्न उठेको बताएका छन् ।
संवैधानिक इजलासमा विघटनसम्बन्धी मुद्दामा बहस गर्दै वरिष्ठ अधिवक्तासमेत रहेका विडारीले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद पुर्नस्थापना हुँदैन भन्दै हिँडेको तर संविधानमा प्रतिनिनिधिसभा विघटनको प्रावधान नरहेको बताए । उनले भने, ‘संवैधानिक प्रक्रियालाई अन्यथा व्याख्या नगरौँ ।’
सांसद विडारीले न्यायाधीशहरुले अर्को सरकारको विकल्प कहाँ छ भनी गर्दै आएको प्रश्नमा भने, ‘सरकार फेर्ने अदालतले हो ? कसको संख्या कति छ ? त्यो संसदमा हेर्ने हो ।’ प्रधानमन्त्रीले अर्को सरकारको विकल्प छैन भनेकामा पनि विडारीले आपत्ति जनाएका छन् ।














