Logo
Logo

बादलले प्रचण्डलाई भने- ‘पार्टीमा फर्किनुस्, मतपत्र च्यात्नु पर्दैन’


- दृष्टि संवाददाता

1.5k
Shares

काठमाडौं, १७ माघ । नेकपा केपी ओली समूहका नेता रामबहादुर थापा ‘बादल’ले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाललाई पार्टीमा फर्कन आग्रह गरेका छन् । शनिबार चितवनमा आयोजित सभालाई सम्बोधन गर्दै थापाले उनीहरूलाई केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपाका फर्किन पनि अपील गरेका हुन् ।

उनले गल्ती स्वीकार्दै सरकारले घोषणा गरेको निर्वाचनमा भाग लिएर प्रधानमन्त्री बन्न पनि सुझाए । ओली नेतृत्वको पार्टीमा आए मतपत्र च्यात्नु नपर्ने उनको टिप्पणी छ । उनले भने, ‘आउनुस्, निर्वाचनमा भाग लिएर प्रधानमन्त्री बन्नुस्, तपाईंहरूलाई मतपत्र च्यात्न जरुरी पर्ने छैन ।’

गएको स्थानीय तह निर्वाचनमा चितवनको भरतपुर महानगरपालिका प्रमुखका लागि उम्मेद्वार बनेकी प्रचण्डपुत्री रेणु दाहालका पक्षधरले मतपत्र च्यातेका थिए । पछि फेरि मतदान भएको थियो । त्यसपछि दाहाल मेयरमा निर्वाचित भएकी थिइन्। त्यसैलाई व्यंग्य गर्दै बादलले मतपत्रको प्रसंग ल्याएका हुन्।

गृहमन्त्री थापाले आफूलाई ‘लालगद्दार’ भन्नेहरुलाई प्रश्न पनि गरे । उनले भने, ‘केही साथीहरू मलाई लालगद्दार भन्नुभयो । म लालगद्दार भए उहाँहरू के गद्दार हो ? पार्टी फुटाउने उहाँहरु हो ।’ केहीअघि चितवनमा ‘बादल लालगद्दार’ भन्दै कालो बेलुन उडाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्