काठमाडौं, १७ माघ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेकपाको प्रचण्ड–माधव समूहले निर्वाचन भाड्न आन्दोलन गरेका बताएका छन् ।
नेकपा दोलखा काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको भेलामा मन्त्री गुरुङले प्रचण्ड–माधव समूहले आन्दोलनको स्वरुप निर्वाचन भाड्ने र मुलुकमा अस्थीरता फैलाउने प्रकारको रहेको बताए ।
उहाले निर्वाचन भाड्न गरिएका प्रयास सरकारले असफल पार्ने समेत बताए । निर्वाचन आयोगले नेकपा विवादका बिषयमा कुनै टुङ्गो नलगाएपनि सूर्य चिन्ह आफूहरुको हुनेमा कुनै दुविधा नरहेको धारणा राखे ।
उनले मुलुकलाई सहि दिशानिर्देश गर्नका लागि नै निर्वाचन घोषणा गरिएको र तोकिएको समयमा नै निर्वाचन हुने बताए ।
कार्यक्रममा नेकपा ओली पक्षका नेता टोप बहादुर रायमाझीले मुलुक बिकास र समृद्धिको दिशातर्फ अघि बढीरहेका बेला अर्को पक्षले गरेको आन्दोलन औचित्यहिन रहेको बताए ।
उनले पदका लागि नै पार्टीभित्र विवाद भएको र पद नपाएका कारण अर्को पक्ष बाहिरिएको तर्क गरे ।











