Logo
Logo

प्रधानमन्त्री ओलीले नेतृत्व गरेको नेकपा नै अधिकारिक : मन्त्री अर्याल


- दृष्टि संवाददाता

756
Shares

स्याङ्जा, १७ माघ । कृषि तथा पशुपन्क्षी विकासमन्त्री पद्माकुमारी अर्यालले पार्टी फुटाउन केही नेताले कोसिस गरे पनि त्यो व्यर्थ सावित हुने बताएकी छन् ।

हरिनास गाउँ कमिटीले आयोजना गरेको कार्यकर्ता भेला एवं प्रशिक्षणमा उनले प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपा नै अधिकारिक भएकाले कार्यकर्तालाई दुविधामा नपर्न आग्रहसमेत गरे।

पाँच वर्षका लागि जनताले चुनेर पठाएको ओलीले नेतृत्व सरकारलाई पार्टीभित्रैका नेताले अनेकन बहानामा घेराबन्दी गरेकै कारण प्रतिनिधिसभा विघटन गर्नुपरेको बताउँदै मन्त्री अर्यालले बताइन् । उनले भनिन् ‘पाँच वर्षका लागि जनताबाट जनमत प्राप्त सरकारलाई आफ्नै पार्टीका नेताले चौतर्फी घेराबन्दी गरेपछि प्रधानमन्त्रीले जनतामाझ जाने निणर्य गर्नुभयो ।’

आगामी वैशाख १७ र २७ गतेका लागि तोकिएको निर्वाचन कुनै तत्वले बिथोल्न नसक्ने भन्दै मन्त्री अर्यालले कार्यकर्तालाई एकताबद्ध भएर चुनावको तयारीमा जुट्नसमेत आग्रह गरिन् । भेलामा हरिनास गाउँपालिका–२ का वडा सदस्य लालुमाया नेपालीसहित १५६ कांग्रेसका कार्यकर्ता नेकपामा प्रवेश गरेको नेकपाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्