काठमाडौं, १८ माघ । नेपाली कांग्रेसका १३ भ्रातृ संस्थाले प्रतिनिधि सभा विघटनविरुद्ध प्रदर्शनमा व्यापक सहभागिता जनाउन अपिल गरिएको छ । प्रतिनिधि सभा विघटनमार्फत् सर्वसत्तावाद उन्मुख कदम भएको भ्रातृ संस्थाले जनाएका छन् ।
भ्रष्टाचार, कुशासन, कोभिड महामारी नियन्त्रणमा सरकार उदासीन देखिएको आरोप लगाइएको छ । पार्टीको केन्द्रीय निर्णय अनुसार भ्रातृ संस्थाले सोमबार १३ संगठनले संयुक्त विरोध प्रर्दशन गर्दैछन् । ७७ जिल्लामै एकसाथ प्रदर्शनको तयारी गरिएको कांग्रेसले जनाएको छ ।
विरोध प्रर्दशनमा सहभागिताको अपिल गर्ने कांग्रेसका १३ भातृसंस्थाका महिला संघकी उमा रेग्मी,तरुण दलका जीतजंग बस्नेत,नेविसंघका राजीव ढुंगाना, प्रजातन्त्र सेनानी संघका टंकप्रसाद शर्मा कँडेल, किसान संघका भानुभक्त सिग्देल,दलित संघका मीनबहादुर विश्वकर्मा, भूतपूर्व सैनिक संघ कर्णेल धनबहादुर मास्की राना,आदिवासी जनजाति संघ इन्द्रबहादुर गुरुङ्ग, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ भोजराज श्रेष्ठ, मुस्लिम संघ अब्दुल सतार, तामाङ्ग संघ कवेलबहादुर लामा, राष्ट्रिय मगर संघ ओम थापा मगर र ठाकुर समाज अनिरुद्धप्रसाद ठाकुर छन् ।











