काठमाडौं, २० माघ । संवैधानिक आयोगमा नियुक्ति र शपथ ग्रहण रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन पेश भएको छ ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले मंगलबार संवैधानिक आयोगको नियुक्ति र सपथ रोकिपाऊँ भन्ने रिट सर्वोच्च अदालतमा पेश गरेका हुन् ।
रिटमा राष्ट्रपतिको कार्यालय शीतलनिवास, प्रधानमन्त्री र प्रधानमन्त्री, संवैधानिक परिषद्का अध्यक्ष, सभामुखलाई विपक्षी बनाइएको छ ।
निवेदनमा गत मंसिर ३० गते संवैधानिक परिषद्को बैठक बसेर विभिन्न आयोगहरुमा नियुक्तिका लागि गरेको सिफारिस नियुक्ति रोक्न माग गरिएको छ ।
बुधबार नियुक्तिको ४५ दिन पूरा हुनेछ । संसदीय सुनुवाइ नभएपछि परिषद्ले सिफारिस गरेका पदहरू राष्ट्रपतिले सिधै नियुक्त गर्न सक्ने वैधानिक प्रावधान छ ।











