Logo
Logo

मुद्दा टुंगो नलाग्दै शपथ : प्रचण्ड-माधव समूहको आकस्मिक पत्रकार सम्मेलन


- दृष्टि संवाददाता

2.5k
Shares

काठमाडौं, २१ माघ । नेकपा प्रचण्ड–माधव समूहले थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने भएको छ । त्यसका लागि बुधबार अहिले दिउँसो २ बजे आकस्मिक पत्रकार सम्मेलनको आयोजना गरिएको नेकपाले जानकारी दिएका छन् । पत्रकार सम्मेलन नेकपा केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक तवरले प्रतनिधिसभा विघटन गरेपछि नेकपा प्रचण्ड–माधव समूह चरणवद्ध आन्दोलनमा छन् ।
प्रतिनिधिसभा विघटनका मुद्धामाथि सर्वोच्चमा बहर जारी छ । यसैबेला सर्वोच्च अदालतमा परेको रिट विचाराधीन रहेकै अवस्थामा संवैधानिक आयोगमा नियुक्तिका लागि सिफारिस भएका पदाधिकारीहरुले बुधबार शपथ लिएका छन् । नियुक्ति सिफारिस असंवैधानिक भन्दै दायर रिटको टुंगो नलाग्दै संवैधानिक परिषद्ले नियुक्तिका लागि सिफारिस गरेका पदाधिकारीलाई बुधबार शपथ गराइएको हो ।
३० मंसिरमा अध्यादेश ल्याएर गरिएको नियुक्ति सिफारिस असंवैधानिक भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता ओमप्रकाश अर्यालले रिट दर्ता गराएका छन् । उनीहरुले अध्यादेश नै संविधानको मर्मविपरीत रहेको भन्दै अध्यादेश खारेजी र उक्त अध्यादेशअन्तर्गत भएका सिफारिस बदरको माग गरेका छन् । तर, सरकारले मुद्दाको सुनुवाइ नभएको मौकामा राष्ट्रपति निवासमा अख्तियार र निर्वाचन आयोगसहितका आयोगमा सिफारिस गरिएका पदाधिकारीलाई शपथ गराइएको छ ।
अहिले बस्ने नेकपा प्रचण्ड–माधव समूहको आकस्मिक बैठकमा यसै सन्दर्भमा छलफल गर्दै थप आन्दोलनका कार्यक्रम घोषणा गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्