Logo
Logo

प्रचण्ड-माधव समूहलाई पार्टीमा फर्कन गृहमन्त्री थापाकाे आग्रह


- दृष्टि संवाददाता

882
Shares

काठमाडौं, २१ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य समेत रहेका गृहमन्त्री रामबहादुर थापाले राजनीतिक रूपमा विभाजित भएर अलग भएका समूहलाई पार्टीमा फर्कन आग्रह गरेका छन् ।

बुधबार अखिल नेपाल टे«ड युनियन महासंघको सातौँ भेलालाई सम्बोधन गर्दैै उनले आफूहरू एकताबद्ध भएर अघि बढ्ने अभियानमाा लागेको भन्दै प्रचण्ड-माधव समूहलाई आत्मालोचना गरी पार्टीमा फर्कन आह्वान गरेका हुन् ।

गृहमन्त्री थापाले विघटित प्रतिनिधिसभा बैठक बोलाएर प्रधानमन्त्रीलाई बर्खास्त गर्ने योजना बनाएको र राष्ट्रपतिमाथि अभियोग लगाउने तयारी भएपछि मुलुकलाई संकटबाट बचाउन ताजा जनादेशमा जाने निर्णय भएको बताए । उनाले पार्टीभित्रका अवसरवादीले काम गर्न नदिएका कारण प्रधानमन्त्रीले संसदको विघटन गर्ने एउटा ऐतिहासिक कदम उठाएको बताए ।

त्यस्तै उनले आफूहरू नै आधिकारीक नेकपा भएको भन्दै निर्वाचनको तयारीमा लाग्न निर्देशन दिए । गृहमन्त्री थापाले नेपालको परिवर्तनमा ट्रेड युनियनको भूमिका अपरिहार्य भएको भन्दै अव पनि ट्रेड युनियनले आफ्नो भूमिका देखाउनुपर्ने बेला आएको बताए ।

 

प्रतिक्रिया दिनुहोस्