काठमाडौं, १ फागुन । आहुति निकट वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका विद्यार्थी संघले अहिलेका विद्यार्थी संगठनहरू शैक्षिक माफियाकरण गर्न प्रतिस्पर्धा गरिहेको बताएको छ । शुक्रबार राजेश्वरी सुवेदीको संयोजकत्वमा बसेको बैठकले शिक्षामा व्यापरिकरण हुँदा पनि विद्यार्थी संगठनहरुको ध्यान नगएको ठहर गरेको हो ।
‘शिक्षालाई निःशुल्क, सर्वव्यापी, सर्भशुलभ, व्यवहारीक र प्रविधीयुक्त बनाउनु सट्टाे सबैभन्दा बढी मुनाफाको स्रोत र केन्द्र बनाएको छ,’ सुवेदीले भनिन्, ‘अहिले पनि शिक्षा हुँदाखाने बर्गको लागि कागलाई बेल पाक्याे हर्ष न विस्मात जस्तो भएको छ । तर पनि सत्तामुखी पार्टी र विद्यार्थी संगठनहरूको ध्यान गएको देखिँदैन ।’

विद्यार्थी संगठनहरुले शैक्षिक एजेण्डालाई कमाइखाने भाडो बनाएको सुवेदीको आरोप छ । ‘आफूलाई क्रान्तिकारी संगठन भन्न रूचाउनेहरू शैक्षिक एजेण्डालाई आफ्नो कमाइखाने भाडो बनाएको छ, विद्यार्थीको शैक्षिक अधिकारलाई कुन्ठीत गर्दैछन्’ सुवेदीले भनिन् ।
देशभर भइरहेको महिला हत्या, हिंसा, बलात्कारविरुद्ध सरकार मौन बसेको भन्दै विद्यार्थी संघले खेद प्रकट पनि गरेको छ । आहुति निकट विद्यार्थी संघ बलात्कारी उत्पादन र संरक्षण गर्ने दलाल पूँजीवादी व्यवस्थाविरुद्ध एकजुट भई अघि बढ्ने संकल्प गरेको सुवेदीले जानकारी दिइन् ।
बैठकले यही फागुन २८ र २९ गते राष्ट्रीय भेला गर्ने निर्यण गरेको छ । राष्ट्रीय भेलाले वैज्ञानिक समाजवादी व्यवस्था निर्माणमा युवा विद्यार्थीकाे भूमिका र महत्वलाई उजागर गर्दै सिंगो समाजलाई अगाडि बढाउने विश्वस लिइएको छ ।
राष्ट्रीय भेलामा शैक्षिक क्षेत्रमा देखिएको माफियाकरणको अन्त्य, जनताको व्यवहारमा प्रयोग हुने शिक्षा, विज्ञान प्रविधीको विकाससँगै प्रतिस्पर्धा गर्ने शिक्षानीतीको बारे छलफल गरिने सुवेदीले जानकरी दिइन् ।











