Logo
Logo

पेट्रोलियम पदार्थको मूल्य बढाएकाे विराेधमा अनेरास्ववियूले देशभर प्रदर्शन गर्ने


दृष्टि संवाददाता

7.2k
Shares

काठमाडौं, ५ फागुन । सरकारले सातामा दुईपटक पेट्रोलियम पदार्थको मूल्य भन्दै अनेरास्ववियूले विरोधको कार्यक्रम गर्ने भएको छ ।

अनेरास्ववियूले सरकारले जनताको ढाड सेक्ने काम गरेको भन्दै बिहीबार बिहान साढे ८ बजे देशभरका क्याम्पस अगाडि प्रदर्शन गर्ने र ११ बजे नेपाल आयल निगम घेराउ गरी निगममा ज्ञापन पत्र बुझाउने भएको हो ।

मूल्य बढाउँदा निगमले स्वचालित मूल्य प्रणााली अनुसार गर्ने र अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्दा यथावत राख्ने गरेको आरोप लगाएको छ ।

गत माघ २८ गते बुधबार मात्रै नेपाल आयल निगमले बढाएको पेट्रोलियम पदार्थको मूल्य फेरि मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी बढाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको कच्चा तेलको मूल्य बढेर घाटा चुलिएकाले मूल्य समायोजन गर्नुपरेको निगमले जनाएको छ  ।

प्रतिक्रिया दिनुहोस्