Logo
Logo

भागरथी भट्टको हत्यारा कानूनी कारवाहीको दायरामा आइसकेको छ : गृहमन्त्री थापा


दृष्टि संवाददाता

378
Shares

काठमाडौं, ५ फागुन । गृहमन्त्री रामबहादुर थापाले सबै प्रकारका महिला हिंसाका घटना नियन्त्रण गर्न सरकार संवेदनशील रहेको बताएकाा छन् ।

‘त्यस्ता जघन्य घटनामा संलग्नलाई कारवाहीको दायरामा ल्याउन मन्त्रालय प्रतिबद्ध छ’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘बैतडीकी भागरथी भट्टको हत्यामा संलग्न अभियुक्त कानूनी कारवाहीको दायरामा आइसकेको छ ।’

मन्त्री थापाले संवेदनशील रहेको यस घटनाको सफल अनुसन्धान गर्दै अभियुक्त पक्राउ गर्न सफल नेपाल प्रहरीसहितको समूहलाई धन्यवाद पनि दिए ।

यसअघि गृहमन्त्री थापाले मंगलबार मात्रै उक्त घटनाको दोषी नजिक प्रहरी पुगिसकेको बताएका थिए ।

बैतडीकी भागरथी भट्टको बलात्कार तथा हत्या गरेको आरोपमा पक्राउ परेका १६ वर्षका किशोरलाई पाँच दिन म्याद थप गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्