Logo
Logo

संसद् विघटनकाे विराेधमा दलित मुक्ति संगठनकाे प्रदर्शन


दृष्टि संवाददाता

252
Shares

काठमाडौं, १० फागुन । प्रतिनिधि सभा विघटनको विरोधमा नेपाल दलित मुक्ति संगठन, केन्द्रीय संघर्ष समितिले प्रदर्शन गरेको छ । नेकपा प्रचण्ड–माधव समूह नेपाल दलित मुक्ति संगठनले सोमबार माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म विरोध  र्‍याली निकालेको हो ।

विरोध कार्यक्रममा असवैधानिक र प्रतिगमनकारी कदम खारेज गर, समानुपातिकता, समावेशीकरण तथा धर्मनिरपेक्षताको रक्षा गर, दलित समुदायमाथिको जातीय छुवाछुत तथा हत्या बन्द गर, भूमीहीन सुकुम्वासी र अव्यवस्थित बसोबास गरिरहेकाको हक सुनिश्चित गर, हरूवाचरुवा, मुक्तहलिया र वादी समुदायको अधिकार स्थापित गर भन्ने नारा लगाइएको थियो ।

विरोध कार्यक्रममा दलित मुक्ति संगठन केन्द्रीय संघर्ष समितिका अध्यक्ष दलजित श्रीपाइली, पूर्वमन्त्री रघुजी पन्तलगायतको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्