काठमाडौं, १० फागुन । नेकपा प्रचण्ड–माधव समूहको विद्यार्थी संगठन अनेरास्ववियूले सोमबार ‘प्रतिगमन’लाई जुत्ता हान्ने विरोध कार्यक्रम गरेको छ ।
विद्यार्थी संगठन अनेरास्ववियुले सोमबार काठमाडौंको नारायणहिटी दरबार संग्रहालयअघि संसद् विघटनको विरोधमा प्रतिगमनलाई जुत्ता हान्ने कार्यक्रम गरेका हुन् 
उनीहहरूले नारायणहिटी संग्रालयअघि ‘प्रतिगमन’ को प्रतीक बनाइ जुत्ता हानेका हुन् । कार्यक्रममा विद्यार्थीले सरकार र प्रधानमन्त्री विरुद्ध नाराबाजी गरेका थिए ।
संसद् विघटनलाई प्रतिगमन भएको भन्दै नेकपाको प्रचण्ड माधव समूह आन्दोलित छन् । आन्दोलनकै कार्यक्रम अन्तर्गत आज जुत्ता हान्ने विरोध कार्यक्रम गरेको हो ।
तीन चरणको विरोधसभा गरिसकेको यो समूहले चौथो चरण अन्तर्गत मानव साङ्ग्लोले टुँडिखेल घेराउको कार्यक्रम गरिसकेको छ । संसद् पुनर्स्थापनाको मागसहित यो समूहले फागुन १५ सम्मलाई विरोधसभा घोषणा गरेको छ ।













