Logo
Logo

राष्ट्रिय महिला भलिबल टोलीलाई केल्मीको प्रायोजन


दृष्टि संवाददाता


काठमाडौं । स्पेनिस खेल पोशाक निर्माता कम्पनी केल्मीले नेपाली राष्ट्रिय महिला भलिबल टिमलाई प्रायोजन गरेको छ ।

नेपाल भलिबल संघले सोमबार केल्मी नेपालसँग प्रायोजन सम्झौतामा हस्ताक्षर गरेको छ । नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्मा र केल्मीका लागि आधिकारिका विक्रेता कामारु ट्रेडिङका प्रबन्ध निर्देशक प्रदीप न्यौपानलेले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

केल्मीले भलिबललाई दुई वर्षको लागि प्रायोजन गरेको हो । सम्झौतासँगै केल्मीले संघलाई २ सय ५० वटा बल उपलब्ध गराउने छ । यस्तै केल्मीले महिला र पुरुषका लागि ट्रयाकसुट २०–२० सेट, अफिसियलका लागि जर्सी, खेलाडीका लागि जुत्ता मोजा, ट्रेनिङ जर्सी आदि उपलब्ध गराउने छ ।

यस्तै राष्ट्रिय भलिबल टिमले अन्तराष्ट्रिय प्रतियोगितामा केल्मी अंकित जर्सी लगाउने छन् । कार्यक्रममा संघका अध्यक्ष शर्माले राष्ट्रिय महिला भलिबल टिमलाई केल्मीको सहयोगले प्रोत्साहन मिल्ने बताए । त्यस्तै कामारु ट्रेडिङका प्रबन्ध निर्देशक न्यौपानले खेल क्षेत्रको बिकासका लागि आपूुहरुले सदैव सकारात्मक भूमिका खेल्ने बताए ।

प्रतिक्रिया दिनुहोस्