Logo
Logo

माछापुच्छरे बैंकको चिरायु नेशनल अस्पतालसँग सम्झौता


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । माछापुच्छरे बैंक र चिरायु नेशनल अस्पताल तथा मेडिकल इन्स्टिच्युटबीच बैंकका ग्राहकलाई छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा माछापुच्छरे बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला तथा चिरायु नेशनल अस्पताल तथा मेडिकल इन्स्टिच्यूटको तर्फबाट सञ्चालन निर्देशक चण्डेश्वर वैद्यले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार अब माछापुच्छरे बैंकका ग्राहकहरूले चिरायु नेशनल अस्पतालका सेवाहरुमा १५ प्रतिशतसम्मको छुट पाउनेछन् । बैंकका ग्राहकहरूले उक्त छुट, बैंकको डेबिट अथवा क्रेडिट कार्ड प्रयोग गरी बिल भुक्तानी गर्दा पाउन सक्नेछन् । चिरायू अस्पतालले आफ्नो स्थापनाकालदेखि विश्वस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।
बैंकले पूर्वमा झापादेखि पश्चिममा कञ्चनपुर साथै हिमालदेखि पहाड र तराईसम्म आफ्ना ९३ वटा शाखालगायत ६२ शाखारहित बैंकिङ सेवासमेत गरी जम्मा १५५ स्थानबाट ग्राहक वर्गहरुमा सम्पूर्ण बैंकिङ सुविधा प्रदान गरीरहेको छ । बैंकको देशभर ११५ वटा एटीएम सञ्चालनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्