Logo
Logo

छोरालाई कपाल काट्न लिएर हिडेका युवकको शव गाडीमा भेटियो


- दृष्टि न्युज/संवाददाता



भक्तपुर, १२ फागुन ।
भक्तपुर, सूर्यविनायक नगरपालिका(८ आदर्श चोक बस्ने २६ वर्षीय निकेश भुजु बा.५ च ६४२१ नम्बरको भ्यानमा शनिबार मृत अवस्थामा फेला परेका छन् ।

शनिबार बिहान ५ वर्षीय छोरालाई कपाल काट्न र साथीकोमा जान्छु भन्दै घरबाट निस्केका उनी घर फर्की नआएपछि खोजी गर्ने क्रममा भक्तपुर नगरपालिका ९ लिवालीमा उक्त गाडीभित्र बेहोस जस्तो अवस्थामा फेला परेका थिए । तत्काल भक्तपुर अस्पताल पुर्यानई जाँच गराउँदा ३÷४ घण्टा अगाडि नै उनको मृत्यु भइसकेको अस्पतालले जानकारी गराएको हो । बालक गाडीभित्रै सकुशल फेला रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्