Logo
Logo

बलात्कारकाे झुटाे आराेप लगाउने महिला पक्राउ


दृष्टि संवाददाता


बाँके । बलात्कारसम्बन्धी झुटा मुद्दा दर्ता गराएको आरोपमा अदालतबाट सजाय तोकिएकी बाँकेको कोहलपुरकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

ती महिलाले कोहलपुरकै एक युवकमाथि जबरजस्ती करणीको मुद्दा दायर गरेकोमा त्यो झुटो साबित भएपछि प्रहरीले उनलाई १० दिन कैद र एक हजार रुपैयाँ जरिबाना तोकेको थियो ।

२०७३ कात्तिक ७ गते अदालतले सजाय तोकेपछि भागेकी महिलालाई पक्राउ गरेर आइतवार अदालतमा बुझाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्