Logo
Logo

कलकत्ता उच्च अदालतको आदेश- ‘दुर्गाप्रसादको परिवारले क्षतिपूर्ति मागे दिनू’


दृष्टि संवाददाता

27k
Shares

काठमाडौं । कलकत्ता उच्च अदालतले ४० वर्षपछि जेलमुक्त भएका इलामका दुर्गाप्रसाद तिम्सिना (दीपक जैसी तिम्सिना)काे परिवारले क्षतिपूर्ति मागेको खण्डमा दिन पश्चिम बंगाल सरकारलाई आदेश दिएको छ।

सोमबार तिम्सिनाको मुद्दामाथि फैसला गर्दै कलकत्ताको उच्च अदालतले उनको परिवारले क्षतिपूर्ति मागे कानुनबमोजिम क्षतिपूर्ति दिन पश्चिम बंगाल सरकारलाई निर्देशन दिएको दुर्गाप्रसादको मुद्दा लडिरहेका वकिल हिरक सिन्हाले बताएका छन् ।

क्षतिपूर्ति माग गरिएको अवस्थामा कति दिइन्छ भन्ने सन्दर्भमा अहिले नै केही भन्न नसकिने सिन्हाले बताए । उनले भने ‘कानुन अनुसार क्षतिपूर्ति दिनू भनिएको छ। क्षतिपूर्ति कति हुन्छ अहिले भन्न सकिन्नँ ।’

हत्या आरोपमा ४० वर्षअघि पक्राउ परेका इलामका दुर्गाप्रसाद तिम्सिना शनिबार रिहा भएका हुन् । कलकत्ता उच्च अदालतले उनलाई रिहा गर्न आदेश दिएपछि शनिबार बिहान दमदम सेन्ट्रल जेलले दुर्गाप्रसादलाई कलकत्तास्थित नेपाली महावाणिज्यदूतावासको रोहबरमा परिवारको जिम्मा लगाएको थियो ।

आइतबार इलामस्थित आफ्नो घर पुगेका उनले आमासँग भेटघाट गरिसकेका छन्। इलामका दुर्गाप्रसादका लागि पाँच भारतीय नागरिकले मुद्धा लडेका थिए ।

प्रतिक्रिया दिनुहोस्