Logo
Logo

थ्री नेसन्स कप : पहिलो हाफमा नेपाल र बंगलादेशको बराबरी


दृष्टि संवाददाता


काठमाडौं । त्रिदेशीय अन्तराष्ट्रिय फुटबल प्रतियोगितामा नेपाल र बंगलादेश पहिलो हाफमा गोलरहित बराबरीमा खेलेको छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा दुबै टोलीले पाएको केहि मौकामा सदुपयोग गर्न सकेनन् ।

२१औं मिनेटमा अन्जन विष्टको फ्रि हेडर पोस्टको माथिबाट बाहिरिदा नेपाल अग्रता लिनबाट चुक्यो । २४औं मिनेटमा त्रिदेव गुरुङको प्रहारले पोस्टको दिशा लिन सकेन ।

३७औं मिनेटमा फ्रिकिकबाट आएको बललाई बंगलादेशका खेलाडीले हेडरलाई रोहित चन्दले क्लियर गर्दै नेपालको संकट टारे । ४०औं मिनेटमा कप्तान जमल भुयाको फ्रिकिक पोस्ट नजिकैबाट बाहिरिदा बंगलादेश अग्रता लिनबाट चुक्यो ।

दोस्रो हाफ केही बेरमा शुरु हुनेछ । यस खेलमा नेपालले बराबरी खेलेपनि फाइनलमा पुग्नेछ । १–० हारले पनि नेपालको फाइनल यात्रा सुरक्षित हुनेछ । ल सोमबार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्