Logo
Logo

अन्तर्राष्ट्रिय फुटबलबाट विराज महर्जनले लिए संन्यास


दृष्टि संवाददाता


काठमडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका डिफेन्डर विराज महर्जनले टिमबाट संन्यास लिएका छन् ।

राजधानीमा सम्पन्न थ्री नेसन्स कपपछि विराजले राष्ट्रिय टिमबाट संन्यास लिएका हुन् । थ्री नेसन्स कपको फाइनलमा विराज ८९ मिनेटमा त्रिदेव गुरूङको स्थानमा मैदान प्रवेश गरेका थिए ।

विराजले राष्ट्रिय टिममा डेब्यू गरेको १३ वर्षपछि संन्यास लिएका हुन् । उनले सन् २००८ मार्च २५ मा पाकिस्तानविरूद्धको मैत्रीपूर्ण खेलबाट राष्ट्रिय टिममा डेब्यू गरेका थिए ।

३० वर्षीय विराज एन्फा एकेडेमीका उत्पादन हुन् । त्रिपुरेश्वरका स्थायी बासिन्दा विराजले सन् २००७ बाट थ्रीस्टार क्लबबाट व्यवसायिक फुटबल यात्रा सुरू गरेका थिए ।

थ्री स्टारबाट ९ वर्ष खेलेपछि उनी २०१६ मा मनाङ मर्स्याङ्दी क्लबमा आबद्ध भएका थिए । सन् २०१९ मा उनी मच्छिन्द्र क्लबमा पुगे । उनले खेलेका तीन वटा क्लबबाट लिग जित्ने अवसर पाए।

 

प्रतिक्रिया दिनुहोस्