Logo
Logo

एमाले नेता घनश्याम भुषाल र सुरेन्द्र पाण्डे ६ महिना निलम्बित (पत्रसहित)


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमालेले नेताद्वय सुरेन्द्र पाण्डे र घनश्याम भुषाललाई पनि ६ महिनाका लागि निलम्बन गरेको छ ।

पार्टीले सोधेको स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नभएको भन्दै एमालेले पाण्डे र भुषाललाई निलम्बन गरेको हो ।

उनीहरुलाई पनि अहिलेकै गतिविधि कामय राखे थप कारवाही गर्ने चेतावनी दिइएको छ । यस अघि एमालेले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई निलम्बन गरेको थियो ।

 

 

घनश्याम भुषाललाई गरिएको कारवाहीको पत्र

सुरेन्द्र पाण्डेलाई गरिएको कारवाहीको पत्र

प्रतिक्रिया दिनुहोस्