Logo
Logo

दृष्टिका १० हेडलाइन्स् : नेकपा खारेजीविरुद्धको पुनरावलोकन निवेदन अस्वीकृतदेखि एमालेद्वारा दुई नेता निलम्बितसम्म


दृष्टि संवाददाता


हेडलाइन्स् :

१. नेकपा खारेजीविरुद्ध नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दिएको पुनरावलोकन निवेदन अस्वीकृत, पुनरावलोकन अस्वीकृत गर्ने सर्वोच्च अदालको फैसलासँगै नेकपा ब्युँताउने कानुनी आधार समाप्त, संविधानमा प्रत्याभूत राजनीतिक दल गठन वा पुनःगठन सम्बिन्ध अधिकार न्यायालयले खोसेको माओवादीको प्रतिकृया ।

२. नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीबाट नेता घनश्याम भुषाल र सुरेन्द्र पाण्डेलाई ६ महिना निलम्बन, पुषाल र पाण्डेलाई कारवाही गरिएपछि नेकपा एमाले भित्र ब्यापक आलोचना, बारम्बारको नेता कारवाहीका कारण एमाले फुटको संघारमा पुगेको भन्दै नेता कार्यकर्ता चिन्तित ।

३. पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफूखुसी पार्टी चलाएको भन्दै असन्तुष्ट नेता माधवकुमार नेपाल र झलनाथ खनाल समानान्तर संगठन विस्तारमा, देशव्यापी संगठन बनाउने नेता नेपालको उद्घोष, जिल्लासँगै प्रदेश र केन्द्रीय निकायहरु छिट्टै समानान्तर कमिटी विस्तार गर्ने तयारी ।

४. काठमाडौं–तराई द्रुतमार्गको सुरुङ र पुल निर्माणसम्बन्धी दोस्रो प्याकेजको खरिद प्रक्रिया रद्द, सार्वजनिक खरिद ऐनअनुसार प्रतिस्पर्धा, पारदर्शी र मितव्ययी हुने गरी खरिद प्रक्रिया सञ्चालन नभएको संसदको सार्वजनिक लेखा समितिको ठहर, सार्वजनिक खरिद नियमावलीअनुसार पुनः प्रक्रिया सुरु गर्न लेखा समितिको निर्देशन ।

५. देश र लोकतन्त्रलाई जोखिममा पार्ने काम भइरहेको नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको भनाइ, नेपाली राजनीतिको अनिश्चितताका कारण देश कहाँ जान्छ भन्ने भन्न नसकिने अवस्थामा पुगेको धारणा, वर्तमान राजनीतिक संकट समाधान गर्न कांग्रेसले भूमिका खेल्नुपर्नेमा जोड ।

६. बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगको लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को परराष्ट्रमन्त्री स्तरीय बैठक सम्पन्न, म्यानमारमा जारी सैन्य दमनको विषयले प्रवेश पाउने सकेन, नेपालले विषय प्रवेश गराउनुपर्ने दवाव रहेतापनि नेपाल पनि मौन, पूर्वनिर्धारित एजेन्डामै छलफल गरेर सकियो बैठक ।

७. दार्चुला सदरमुकाम पारिपट्टि एकतर्फी रूपमा तटबन्ध निर्माण जारी राखेको विषयमा भारतसंग वार्ता गर्न सरकारलाई संसदीय समितिको निर्देशन, अति संवेदनशील विषयमा पनि सरकारको धारणा नआएको भन्दै यथाशीघ्र यस विषयमा समितिलाई जानकारी गराउन निर्देशन, तटबन्ध निर्माणका विषयमा गम्भीर भएर आवश्यक कदम चाल्न सुझाव ।

८. साताको अन्तिम दिन सेयर बजारमा सात अर्ब बढीको कारोबार, गत फागुन १६ गते अन्तिम पटक सात अर्ब रुपैयाँ भन्दा बढीको सेयर किनबेच, बिहिबार नेप्से सूचक १२ अंकले बढेर २ हजार ६ सय ३१ बिन्दुमा उक्लियो, सुन आयातको सिमा बढ्यो,अब दैनिक २० किलो सुन आयात गर्न पाइने, कार्यान्वयन गर्न सक्ने कार्यक्रम मात्र प्रस्ताव गर्न मन्त्रालयलाई अर्थमन्त्री विष्णु पौडेलको आग्रह ।

९. नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङ एएफसीको साताको राष्ट्रिय टिमको उत्कृष्ट खेलाडीको मनोनयनमा , मोफसलकै चर्चित राष्ट्रिय फुटबल प्रतियोगिता आहा रारा गोल्डकपको उद्घाटन खेलमा आयोजक सहारा क्लब पोखरा र नेपाल एपीएफबीच प्रतिस्पर्धा हुने , विभागीय टिम त्रिभुवन आर्मी क्लब र नेपाल एपीएफ क्लबले पाँचौ संस्करणको आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपमा विजयी सुरुवात ।

१०.र, म्यानमारमा दुई महिनामा झण्डै चार दर्जन बालबालिकाको मृत्यु, कोरोना भाइरसको तेस्रो लहर फैलिएसँगै फ्रान्समा पुनः एक महिनाका लागि लकडाउन, पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरस संक्रमणका कारण ४ सय ५९ जनाको मृत्यु, ७२ हजार ३ सय ३० जनमा संक्रमण पुष्टि, बिहीबार पुष्टि भएको संख्या हालसम्मकै उच्च, म्यान्मारका सैनिक नेतामाथि प्रतिबन्ध लगाउने प्रस्तावमा चीनको असहमति ।

प्रतिक्रिया दिनुहोस्