Logo
Logo

पौडी खेल्दा कीर्तिपुरमा डुबेर दुई बालकको मृत्यु


दृष्टि संवाददाता


काठमाडौं । काठमाडौंको कीर्तिपुरमा पौडी खेल्दा डुबेर दुई बालकको मृत्यु भएको छ । बिहिबार कीर्तिपुर नगरपालिका–६ टौदहस्थित पोखरीमा चारजनासँगै पौडी खेल्न गएका मध्ये दुईजना पोखरीबाट निस्कने क्रममा चिप्लेर डुबेका हुन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (डिएसपी) प्रमेश विष्टका अनुसार डुबेर ज्यान गुमाउनेमा ८ बर्षीय कृष मगर र ११ बर्षीय प्रशान्त सुनुवार छन् । उनीहरुको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ ।

सिंचाईका लागि बनाएको पोखरीमा बालक डुबेका हुन् । नेपाल प्रहरीको बिपद् ब्यवस्थापनको उद्दार टोली र वृत कीर्तिपुरबाट खटिएका उद्दारकर्ताले करिब १५ फिट गहिरो पोखरीबाट शव निकालेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्