Logo
Logo

आयल निगमका समस्या समाधान गर्न सरकार तयार : मन्त्री भट्ट


दृष्टि संवाददाता


काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले आयल निगमका समस्या समाधान गर्न सरकार तयार रहेको बताएका छन् ।

शुक्रवार नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएशनको ४२ औँ वार्षिक साधारण सभा तथा राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री भट्टले आयल निगमसम्बन्धी समस्याहरूलाई समाधान गर्न लागि परेको बताए ।

राष्ट्रिय पेट्रोलियम नीतिको ड्राफ्ट तयार भइसकेको बताउँदै उनले थप छलफल गरी नीति ल्याउने तयारी पनि भइरहेको जिकिर गरे । कतिपय पेट्रोल पम्पले विचारधाराको आधारमा तेल वितरण गर्ने गरेको बताउँदै उनले विपरीत विचार हुनेहरूले तेल नपाउने गरी पेट्रोलियम पदार्थमा राजनीति नगर्न मन्त्री भट्टले व्यवसायीहरूलाई आग्रह गरे ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले निजी क्षेत्र नाफामुखी हुने र त्यहीअनुसार कर तिरेर राज्यलाई सहयोग गरिरहेको बताए । उनले े निजी क्षेत्र देशलाई समृद्ध बनाउन अगाडि बढिरहेको बताउँदै सरकारले उद्योगी व्यवसायीलाई हेर्ने दृष्टिकोण नै फरक रहेको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्