Logo
Logo

सडकमा उभिएका ‘एक्ला’ डाक्टर


दृष्टि संवाददाता


काठमाडौँ – बिहीबार साँझ ५ : १० बजे । स्थान : माइतीघर मण्डला । घर फर्किनेहरु बसको पर्खाइमा छन् । छिटो पुग्ने हतारोमा हर्न बजाउँदै गाडीहरु एकअर्कालाई उछिनिरहेका छन् । छेउकै सडकमा भने एक युवक शान्त मुद्रामा पम्पलेट बोकेर उभिइरहेका छन् ।

बाटोमा एक्लै उभिएको देखेर मानिसहरु उनलाई फर्कीफर्की हेरिरहेका छन् । कोही टक्क अडिएर पम्पलेटमा लेखिएको अक्षरमा आँखा दौडाउन थाल्छन् । ‘मेरो कोभिड १९ को भत्ता हराएको सूचना कृपया पाउने महानुभावले सम्पर्क गरिदिनुहोला, धन्यवाद ।

मास्क सेनिटाइजर र सामाजिक दूरी कायमै छ । तर तपाईंको नियत कायम छैन सरकार,’ ती युवकले हातमा लिएका दुईवटा फोटोकपी कागजमा लेखिएको छ ।

३१ वर्षीय डा। अजित मलिक ८ दिनदेखि माइतीघर मण्डलमा एक्लै धर्नामा छन् । ९ महिनादेखि सिभिल अस्पतालको युरो डिपार्टमेन्टमा मेडिकल अफिसरको रुपमा कार्यरत डा. मलिक यसअघि वीर तथा त्रिवि शिक्षण अस्पतालमा पनि काम गरिसकेका छन् ।

कोरोना संक्रमण सुरु भएको बेला उनी शिक्षण अस्पतालमा कार्यरत थिए । उनले सिभिलमा मात्रै होइन, शिक्षण अस्पतालमा पनि कोभिड भत्ता पाएनन् । उनी दैनिक आफ्नो ड्युटी सकाएर माइतीघर आइपुग्छन् ।

छेउको हेल्मेट र बाइक देखाउँदै भन्छन् –‘ड्युटी तालिका मेरो गोजीमा हुन्छ । इमरजेन्सी पर्‍यो भने म कुदिहाल्छु । ड्युटीमा असर नपारी आवाज उठाउन यहाँ आएको हुँ ।’, यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्