Logo
Logo

भारतमा कोरोना भयावह : नाकामा १०% को मात्रै परीक्षण


दृष्टि संवाददाता


काठमाडौं । छिमेकी भारतमा दोस्रो लहरको कोरोना संक्रमण भयावह बन्दै गएपछि नाकामा स्वदेश फर्किने नेपालीको भिड बढ्दै छ । तर, उनीहरू सबैको स्वास्थ्य परीक्षण हुन सकेको छैन । स्वदेश फर्किने १० प्रतिशतको मात्रै परीक्षण गरिएको छ ।

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार पछिल्लो दुई सातामा कञ्चनपुरको गड्डाचौकी, कैलालीको त्रिनगर, बाँकेको जमुनाह र रुपन्देहीको बेलहिया नाकाबाट मात्रै १७ हजार ४५ जना स्वदेश फर्किएका छन् ।

उनीहरूमध्ये एक हजार ६ सय ९१ जनाको मात्रै कोरोना परीक्षण गरिएको छ । जसमा ६८ जनामा संक्रमण देखिएको छ । शुक्रबार मात्रै १६ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयले गत ६ चैतदेखि तराईका १४ नाकामा हेल्थ डेस्क स्थापना गरेर भारतबाट फर्किनेको स्वास्थ्य परीक्षण गर्ने निर्णय गरेको थियो । तर, अहिले पाँच नाकामा मात्रै परीक्षणको काम भइरहेको छ । बाँकी नाकामा एन्टिजेन परीक्षण नै गरिएको छैन ।

त्यसकारण भारतबाट फर्किएका संक्रमितको संख्या अझ धेरै हुन सक्ने अनुमान मन्त्रालयको छ । कोरोनाको लक्षण देखिएकाको मात्रै एन्टिजेन परीक्षण भइरहेको छ ।, यो समाचार आजको नयाँ पत्रिकामा दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्