Logo
Logo

बाबुराम भट्टराईले भने- ‘सरकार ढाल्ने कांग्रेसको निर्णय सराहनीय’


दृष्टि संवाददाता


काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष बाबुराम भट्टराईले नेपाली कांग्रेसको प्रशंसा गरेका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका डा. भट्टराईले वर्तमान सरकार ढालेर आफ्नै नेतृत्व नयाँ सरकार बनाउन पहल गर्ने कांग्रेसले गरेको निर्णय प्रति खुसी व्यक्त गरेका हुन् ।

उनले कांग्रेसको प्रशंसा गर्दै भने, ‘कांग्रेसले सरकार ढाल्न खेलेको प्रतिपक्षीय भूमिका सराहनीय छ ।’ शनिबार सामाजिक सञ्जालमार्फत् धारणा सार्वजनिक गर्दै उनले अरु दललाई पनि सरकारविरुद्ध उभिन आह्वान गरेका छन् ।

‘अन्ततः प्रमुख प्रतिपक्षी कांग्रेसको प्रतिपक्षीय धर्म निभाउने संकेत सराहनीय छ । अरू प्रतिपक्षी दलले पनि आफ्नो कर्तव्य नभुलौं’, उनले भने, ‘आ-आफ्ना दलका फरक एजेण्डा हुन्छन् तर ती सबै भन्दामाथि देश, जनता र लोकतन्त्रको आवश्यकता/प्रथमिकता हुन्छ। आजको दिनमा मुख्य प्राथमिकता भष्मासुर ओलीको विदाइ नै हो है ।’

प्रतिक्रिया दिनुहोस्