Logo
Logo

प्रचण्ड कपिलवस्तु जाँदै


दृष्टि संवाददाता


काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज कपिलवस्तु जाँदै छन् ।

अध्यक्ष प्रचण्डले आज कपिलवस्तुमा कार्यकर्तालाई प्रशिक्षण दिने कार्यक्रम रहेको बताइएको छ ।

पछिल्लो राजनैतिक घटनाक्रम र अबको राजनीतिक कार्यदिशाका बारेमा कार्यकर्तालाई प्रशिक्षण दिने कार्यक्रम तय भएको हो ।

तौलिहवामा रहेको तौलेश्वरनाथ संस्कृत माध्यमिक विद्यालयमा १२ बजेदेखि कार्यकर्ता प्रशिक्षण कार्यक्रम राखिएको छ । कार्यक्रममा केहीले अन्य पार्टी परित्याग गरी माओवादी प्रवेश गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्