Logo
Logo

सरकारबाट बाहिरिँदै एमाले


दृष्टि संवाददाता


सुर्खेत । एमालेको कर्णाली प्रदेश संसदीय दल बैठकले सरकारमा सहभागी भएका मन्त्रीलाई २४ घण्टाभित्र राजीनामा गराउने निर्णय गरेको छ ।

दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता गर्ने चैत ४ को प्रस्तावलाई सदर गर्दै मुख्यमन्त्रीलाई मार्गप्रशस्त गर्न अनुरोध गर्ने निर्णय गरेको हो ।

संसदीय दलका नेता यामलाल कँडेलको अध्यक्षतामा आइतबार बसेको बैठकले तीन जना मन्त्रीलाई राजीनामा दिन निर्देशन दिएको छ ।

प्रमुख सचेतक गुलावजंग शाहले मन्त्रीहरुले सोमबार सम्ममा राजीनामा दिने प्रतिवद्धता जनाएको बताए । कर्णाली प्रदेश सरकारमा एमालेबाट आर्थिक मामिलामन्त्री प्रकाश ज्वाला, सामाजिक विकासमन्त्री दल रावल र पर्यटन, उधोग वन ता वातावरणमन्त्री नन्दसिंह बुढा मन्त्री छन् ।

बैठकले संसदीय दलको विधान संशोधनका लागि प्रमुख सचेतक शाहको संयोजकत्वमा करवीर शाही र मीना रखाल सम्मिलित विधान मस्यौदा समिति गठन गरेको छ । समितिले मंगलबार बस्ने बैठकमा आफ्नो प्रतिवेदन पेस गर्नेछ । संसदीय दलका नेता कँडेलले चैत ४ को निर्णयका आधारमा दल अघि बढेको बताए ।, यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

 

 

 

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्