Logo
Logo

भरतमोहन जसले एमालेलाई गाउँ गाउँमा लोकप्रिय बनाए


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, १९ पुस ।
नेपाल कम्युनिष्ट आन्दोलनका लोकप्रिय नेता भरतमोहन अधिकारीलाई शनिबार देशले गुमाएको छ ।उपचारको क्रममा ८३ वर्षको उमेरमा उनको निधन भएको हो ।


अधिकारी यस्ता नेता हुन् जसले देश र जनतालाई महत्वपूर्ण योगदान दिए । उनी अर्थमन्त्री हुँदा नै देशमा बृद्धभत्ता सुरु गरिएको छ ।
नेपालमा कम्युनिष्ट पार्टीको पहिलो निर्वाचित सरकार २०५१ मा अधिकारी अर्थमन्त्री बनेका थिए। प्रधानमन्त्री मनमोहन अधिकारीको ९ महिने शासनकालमा उनले दुई पटक बजेट ल्याए। २०५१ पुस ११ पहिलो बजेट ल्याउँदै ’आफ्नो गाउँ आफैं बनाऔँ’ भन्ने कार्यक्रम ल्याए। जून निकै लोकप्रिय भयो । २०५२ असार असार २७ गते अर्को बजेट ल्याए। उक्त बजेटमा जेष्ठ नागरिकलाई भत्ता कार्यक्रम ल्याए। स्थानीय निकायलाई सोझै अनुदानको व्यवस्था उनको पालामा भएको हो।

२०५६ ,२०६१ मा पनि अधिकारी अर्थमन्त्री भए। २०६७ सालमा उनी उपप्रधान तथा अर्थमन्त्री बने। भौतिक पूर्वाधार तथा यातायातमन्त्री २०५३ मा पनि भए। १९९३ साल वैशाख २२ गते जन्मिएका अधिकारी २०६४ सालअघि मोरङको निर्वाचन क्षेत्र नम्बर २ बाट उनी दुई पटक निर्वाचित भएका थिए।

प्रतिक्रिया दिनुहोस्