Logo
Logo

गोली हानेर युवकको हत्या


- दृष्टि न्युज/संवाददाता



सर्लाही, १९ फागुन ।
शनिबार राति सर्लाहीको मलंगवा नजिकै एक युवकका गोली प्रहारबाट हत्या भएको छ । मलंगवा नगरपालिका –२ का ३१ वर्षीय मनोज यादवको गोली हानी हत्या भएको हो ।

गोली प्रहार गरी हत्या भएको अवस्थामा मलंगवा नगरपालिका(८ आँखा अस्पताल नजिक एकान्त सडकमा आइतबार बिहान यादवको शव फेला परेको हो।
उनको शनिबार राति नै गोली प्रहार गरी हत्या भएको र शव आइतवार बिहान मात्र फेला परेको प्रहरीले जनाएको छ।

स्थानीयले बिहान शव देखेपछि प्रहरीलाई खवर गरेका थिए। घटनास्थल नेपाल(भारत दशगजा नजिक एकान्त ठाउँमा भएकाले बेलैमा कसैले भेउ पाउन सकेन। सूचना पाएलगतै जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थल पुगेको छ। घटनाको अनुसन्धान सुरु गरिएको सर्लाहीका एसपी गोपालचन्द्र भट्टराईले बताए ।

प्रतिक्रिया दिनुहोस्