Logo
Logo

कसरी बने सात महिने बालक मेयर ?


दृष्टि संवाददाता


न्यूयोर्क । अमेरिकामा सात महिनाका एक बालक एउटा सहरको मेयर बनाइएको घट्नाले सबै चकित बनाएको छ । यति सानो उमेरमै मेयर बन्ने उनी पहिलो व्यक्ति हुन् ।

अमेरिकाको ह्वाइटहल सहरको मेयरमा सात महिना उमेरका बालक विलियम चाल्र्स ‘चार्ली’ म्याकमिलन चयन भएका हुन् । त्यसो त उनी निर्वाचित मेयर भने होइनन् । उनलाई मानार्थ मेयर बनाइएको हो । उनले हालै मेयर पदको सपथ पनि लिएका छन् । उनको सपथ समारोहमा १५० जना विशिष्ट अतिथि सहभागी थिए ।

समाचार एजेन्सीहरुका अनुसार ह्वाइट हल भोलेन्टियर फायर डिपार्टमेन्टको लागि आर्थिक सहयोग जुटाउने उद्देश्यले मेयर पद लिलाम गरिन्छ । बढी रकम दान गर्नेलाई मानार्थ मेयरको उपाधिसहित सपथ गराइन्छ ।

यस पटक चार्लीको नाममा बढी रकम दान गरिएको थियो । त्यसैले उनलाई मानार्थ मेयर चयन गरिएको हो । बोलीसमेत नफुटेका सात महिने बालक मानार्थ मेयरमा चयन भएपछि सपथमा समस्या देखिएको थियो ।

बोली नै नफुटेका बालकले कसरी सपथ लिने भन्ने समस्या देखिएको थियो । यद्यपि चार्ली आफ्ना अभिभावकको काखमा बसेर सपथ लिए । सपथमा उनले गर्नुपर्ने प्रतीज्ञा भने उनका आमाबुवाले सपथपत्र पढेर पुरा गरेका थिए ।

सपथपत्र
म विलियम चाल्र्स म्याकमिलन प्रतिज्ञा गर्दछु कि ह्वाइटहलको मेयरको पदमा इमानदारी र आफ्नो क्षमता अनुरुप काम गर्दछु । म मानिसहरुलाई यही भन्न चाहन्छु कि खेलको मैदानमा तपाईहरु प्रेमपूर्वक व्यवहार गर्नुस्, उत्कृष्ट जीवन र सरसफाईमा ध्यान दिनुस् ।’

प्रतिक्रिया दिनुहोस्