Logo
Logo

कर्णालीका मुख्यमन्त्री शाहीले विश्वासको मत लिने


दृष्टि संवाददाता


सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेश सभामा विश्वासको मत लिने भएका छन् । त्यसका लागि प्रदेश सभा सचिवालयमा मुख्यमन्त्री शाहीका तर्फबाट पत्र दर्ता गराइएको छ ।

प्रदेश सभा सचिव जीवराम बुढाथोकीका अनुसार ३ गते बस्ने प्रदेशसभा वैठकमा सबैभन्दा पहिले सरकारले सदन नचलेको समयमा ल्याएका अध्यादेश मन्त्रीले टेबल गर्नेछन् । त्यसपछि दलका नेताहरुको सम्वोधन गर्ने र अन्तिममा मत विभाजन प्रणाली अनुसार विश्वासको मत लिने प्रक्रिया सुरु हुनेछ ।

एमालले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि शाहीको सरकार अल्पमतमा परेको छ । उनलाई प्रतिस्थापन गरेर आफ्नै नेतृत्वमा सरकार निर्माणका लागि एमालेले गृहकार्य गरिरहेको छ । ४० सदस्यीय संख्या रहेको कर्णाली प्रदेशसभामा २१ बहुमत संख्या हुन आउँछ ।

प्रतिक्रिया दिनुहोस्