Logo
Logo

स्वास्थ्य मापदण्ड लत्याउँदा जोखिममा शिक्षालय


दृष्टि संवाददाता


काठमाडौं । नेपालगन्जमा फेरि कोरोना संक्रमण तीव्र रूपमा फैलिएको छ। विद्यार्थी र शिक्षक संक्रमित भएपछि विद्यालय असुरक्षित देखिएका छन्। पछिल्लो पटक नेपालगन्जमा शिक्षक र विद्यार्थी गरी १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

नेपालगन्ज उपमहानगरपालिका नगर शिक्षा प्रमुख गोरखबहादुर थापाका अनुसार स्थानीय धम्बोझी माविका २ शिक्षक र २ विद्यार्थी, मंगलप्रसाद माविका २ जना, सेन्ट थोमस बोर्डिङ स्कुलका ३ जना, वाटरपार्क, महेन्द्र र आर्दश माविका एकरएकजना शिक्षक, आदर्श मावि र सनविम माविका एक÷एक विद्यार्थीमा कोरोना पुष्टि भएको छ।।

‘यी त अहिलेसम्म पुष्टि भएका मात्रै हुन्, अरू थुप्रै विद्यालयका शिक्षक र विद्यार्थी कोरोना संक्रमित भएका हुन सक्छन्। कसैले थाहा पाएर पनि बाहिर नल्याएका हुन सक्छन्। हामीले पत्ता लगाउने प्रयास गरिरहेका छौं,’ नगर शिक्षा प्रमुख थापाले भने, ‘नेपालगन्जका धेरैजसो विद्यालयमा संक्रमण फैलिसकेको छ, स्थिति निकै खतरनाक छ।’

संक्रमण फैलिरहँदा पनि विद्यालयहरूले अटेर गरी कक्षा सञ्चालन गर्दा समस्या थपिएको उनको बुझाइ छ। विद्यालयबाहेक बस्तीमा पनि संक्रमण फैलिएको छ।

भेरी अस्पतालका अनुसार कोरोना भाइरसका नयाँ संक्रमितमा धेरैजसो शिक्षक, विद्यार्थी र अभिभावक छन्। कतिपय विद्यालयले स्वास्थ्य मापदण्ड पालना गरे पनि धेरैजसोले त्यसलाई लत्याएका छन्।

‘कोरोना भाइरसका नयाँ संक्रमित विद्यालयबाटै फेला परिरहेका छन्। समयमै विद्यालय बन्द गर्ने विषयमा कुनै पनि जिम्मेवार निकाय गम्भीर भएनन्,’ एक अभिभावकले भने । यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्