Logo
Logo

मौसम पुर्वानुमानः आज हावाहुरीसहित वर्षाको सम्भावना


दृष्टि संवाददाता


काठमाडौं । अहिले देशमा स्थानीय वायु र पश्चिमी न्युन चापीय रेखाको प्रभाव रहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बादल र बाँकी भू-भागमा आंशिक बादल रहेको उल्लेख गरेको छ । यस्तै शुक्रबार प्रदेश १ र सुदूरपश्चिम प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ।

प्रदेश १ र सुदूरपश्चिम प्रदेशका लगायत अन्य प्रदेशका पहाडी भू-भागहरुका थोरै स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

शनिबार देशका धेरैजसो स्थानहरुमा आंशिक देखि सामान्य बदली अनुमान छ । देशका पहाडी भू-भागका थोरै स्थानहरुमा र तराईका एक दुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

यस्तै आइतबार देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू(भागमा आंशिक बदली रहनेछ। देशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्