Logo
Logo

बेड अभावले कोरोना संक्रमित घरमै


दृष्टि संवाददाता


नेपालगन्ज । भेरी अस्प्ताल नेपालन्जको कोरोना बार्ड भरिएपछि संक्रमण पुष्टि भएका थप बिरामीलाई होम आइसोलेसमा राखिएको छ ।

अस्पतालमा रहेका सबै बिरामीलाई अक्सिजन दिनुपर्ने भएकाले बेड खाली छैनन् ।

अस्पतालको ल्याबमा गरिएको पीसीआर परीक्षणमा बुधबार २ सय २३ जनामध्ये ७५ जनामा संक्रमण पुष्टि भएको थियो ।

उनीहरुलाई घरमा बस्न सुझाब दिइएको छ । अस्पतालका निमित्त प्रमुख डा. खगेन्द्र शाहले बेड भरिएकाले नयाँ बिरामी भर्ना गर्न नसकिएको बताए ।

अस्पतालका फिजिसियन डा. संकेतकुमार रिसालले खतरा रहेको चेतावनी दिए । ‘बढी भिडभाड हुने स्थानलाई व्यवस्थित राख्नुपर्छ । होइन भने अझै कोरोनाको महामारी फैलिने खतरा छ ।’ उनले भने ।, यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्