Logo
Logo

अस्तव्यस्त सीमा नाकाः जहाँ जोखिम, त्यहीं खेलाँची


दृष्टि संवाददाता


धनगढी । कैलाली र कञ्चनपुरको सीमा जोडिएको गौरीफन्टा नाकामा शुक्रबार बिहान साढे १० बजेतिर अन्नपूर्ण पोस्ट्को टिम पुग्दा सबै कुरा अस्तव्यस्त देखियो।

प्रहरी र सशस्त्रका जवान एउटा मात्रै सर्जिकल मास्कका भरमा भारतबाट घर फर्किरहेका नेपालीलाई लाम लगाउन र हेल्थ डेस्कमा पठाउन व्यस्त थिए। नाकामै सयौं ई–रिक्सा पार्किङ गरिएका थिए।

ती रिक्साका चालक भारतीय सीमाभित्रै पसेर यात्रुका झोला ओसारिरहेका देखिन्थे। मुखमा न मास्क, हातमा न पञ्जा थियो। कुनै स्वास्थ्य सावधानी अपनाएको देखिएन।

‘यस्तो नगरे घर चल्दैन। हामीलाई त कोरोना भएर निको पनि भइसक्यो होला’, नाम नबताएका एक रिक्सा चालकले भने, ‘कति दिनसम्म कोरोना कोरोना भनेर रोजीरोटी नचलाउने ?’
नाकामा ईरिक्सा मात्रै होईन, मिनी बस ले पनि यात्रुलाई धनगढी बजारसम्म बोक्ने गर्छन्।

धनगढी बसपार्कका होटल सञ्चालकले भारतबाट आएका नेपालीलाई आफ्नो होटलमा ल्याउन निःशुल्क बस चलाएका छन। दिनभर आफ्नो होटलमा खानपीन गर्ने, त्यसपछि गन्तब्यसम्मको टीकटमा कमिशन पनि पाउने। अरू पनि फाइदा मिल्ने भएकाले होटल सञ्चालकले बसबाट जथाभावि यात्रु ओसारेको पनि देखियो।

सरकारले भारतबाट आएकाहरू नागरिकका लागि नाकामा निशुल्क एन्टीजेन परिक्षणको व्यवस्था गरेको छ। तर, बसका कर्मचारीले सकेसम्म एन्टीजेन परिक्षणबाट पनि छुटाएर यात्रुलाई बसपार्कसम्म ल्याएको पाईयो।, यो समाचार आजको अन्नपुर्ण पोष्ट दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्