Logo
Logo

कोटेश्वरमा प्रचण्ड र माधव नेपालको छुट्टै छलफल


दृष्टि संवाददाता


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपा एमालेका नेता माधवकुमार नेपालबीच आज भेटवार्ता भएको छ ।

स्रोतका अनुसार माधम नेपाल विहान झापाबाट फर्किए लगत्तै कोटेश्वरको खरिबोट नजिक चन्द्रलाल श्रेष्ठको घरमा दुई नेताबीच छलफल भएको हो । छलफलमा माओवादी प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि सहभागी भएका थिए ।

प्रधानमन्त्रीले आज बोलाएको सर्वदलीय बैठक बहिस्कार गरेका प्रचण्डले एमालेबाट निलम्बित नेता नेपालसँग भेट गर्नुलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्