Logo
Logo

मेसीको प्रेरणादायी प्रदर्शन, बार्सिलोनाले जित्यो कोपा डेल रेको उपाधि


दृष्टि संवाददाता


काठमाडौं । बार्सिलोनाले स्पानिस कोपा डेल रेको फुटबलको उपाधि जितेको छ । कप्तान लिओनल मेसीको प्रेरणादायी प्रदर्शनमा उक्त उपाधी जित्न सफल भएको हो ।

शनिबार राति भएको फाइनलमा मेसीको दुई गोल मद्दतमा बार्सिलोनाले एथ्लेटिक बिल्बाओलाई ४-० ले पराजित गर्दै उपाधि जित्न सफल भएको हो । एन्टोनी ग्रीज्मन र फ्रेन्की डे जोङले एक-एक गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफको बार्सिलोनाले १२ मिनेटभित्र चार गोल गरेको थियो ।

खेलको ६० औं मिनेटमा ग्रीजम्यानले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । त्यसको तीन मिनेटपछि नै फ्रेन्कीले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारेका थिए ।

६८ औं मिनेटमा मेस्सीले गोल गरेपछि बार्सिलोनाले ३० को अग्रता बनायो । ७२ औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ४-को अग्रता दिलाए । ८६औं मिनेटमा ग्रीजमनले गोल गरेपनि भिएआर रेफ्रीले मान्यता दिएन र बार्सिलोनाले ४-० विजयी भएको हो ।

बार्सिलोनाले कीर्तिमानी ३१ औं पटक कोपा डेल रे को उपाधि जितेको हो । बिल्बाओ भने लगातार दोस्रो पटक उपविजेतामा सीमित भएको छ ।

प्रतिक्रिया दिनुहोस्