Logo
Logo

भत्ताका नाममा ज्येष्ठ नागरिक र अपाङ्गता भएकालाई दुःख दिँदै सरकार


दृष्टि संवाददाता


हुम्ला । सामाजिक सुरक्षाभत्ता बुझ्नुका लागि बैङ्कखाता खोल्नुपर्ने भएपछि जेष्ठ तथा अपाङ्गता भएका नागरिकले सास्ती खेप्नुपरेको छ ।

खाता सञ्चालन गर्न सदरमुकाम सिमकोटसम्म आउन चार घण्टादेखि एक दिन पैदल हिँडेर आउनुपर्ने भएपछि उनीहरुलाई समस्या भएको हो ।

सिमकोट गाउँपालिका-७ का ७८ बर्षीय ज्येष्ठ नागरिक पञ्चवीरे रोकायाले पाँच घण्टा पैदल उकालो हिँडेर बैङ्कमा खाता खोल्न आएको बताउनुभयो । दमको विरामीसमेत रहनुभएका उहाँले उकालोमा हिँड्नै कठिन भएर बैङ्कसम्म जसोतसो आएको उल्लेख गर्नु भयो ।

ज्येष्ठ नागरिक र अपाङ्गता भएको नागरिकलाई दुःख दिने काम भएको गुनासो उनको छ । सामाजिक सुरक्षाभत्ताको दुरुपयोग रोक्न सरकारले राम्रो काम गरेको भए पनि सेवाग्राहीलाई समस्या थपिएको उहाँले बताउनुभयो ।, यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्